२३ माघ, हेटौंडा। एमाओवादीको महाधिवेशनमा
प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहका नेताहरुले आफ्नो
समूहको निश्कर्ष प्रस्तुत गर्ने क्रम मंगलबार बिहानबाट शुरु भएको छ ।
बिहानको खाना खाने बेलासम्म १४ जनाले आफ्नो समूहको धारणा राखेका छन् ।
यसलाई संयोग नै मान्नुपर्छ, प्रचण्डको
प्रतिवेदनमाथि मत राख्ने पहिलो व्यक्ति आफ्नै छोरी रेणु दहाल पर्नुभएको छ ।
रेणु एक नम्बर समूहको नेतृ भएकाले उहाँले सबैभन्दा पहिले आफ्नो समूहको
धारणा राख्नुभएको हो । उहाँपछि समूहगतरुपमा क्रमश जनक बूढा, रमेश मल्ल,
त्रिलोचन भट्ट, डीपी ढकाल, चन्द्रबहादुर थापा (सागर), बाबुराम गौतम, उषा
देवकोटा, गणेश रेग्मी, श्यामकुमार श्रेष्ठ(कुशल), वीरबहादुर कुँवर, उज्वल,
नरबहादुर विष्ट र टेकबहादुर रावलले आफ्नो धारणा राखेका छन् ।
प्रतिनिधिहरुले धारणा राख्ने क्रममै
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले करिब ४० मीनेट समय लिएर आफ्नो मौखिक विचार
राख्नुभएको थियो । १४ जना समूह नेताले बोलेपछि खाना खान दुईघण्टा बैठक
स्थगनको घोषणा गरिएको छ ।
पन्तलाई ‘अपराधी’ भन्दै पक्रन माग
बन्दशत्रमा सहभागी
प्रतिनिधि रमेश पन्तलाई ‘अपराधी’ भन्दै अर्का प्रतिनिधि गणेश रेग्मीले
उनलाई हलभित्रैबाट पक्राउ नगरिए आफैंले पक्राउ गर्ने बताएका छन् ।
रेग्मीले मजदुर नेता शालिकराम जमरकट्टेलमाथि खुकुरी प्रहार गरी हत्या प्रयास गर्ने पन्त महाधिवेशनमा भाग लिइरहेको र सरकारको संरक्षणमा अहिलेसम्म पक्राउ नपरेकोमा आपत्ति जनाए । उनलाई महाधिवेशनबाट तत्काल बाहिर निकालेर पक्राउ नगरिए आफैले समात्ने रेग्मीले बन्दशत्रमा बताए । रेग्मीले ९ नम्बर समूहको निश्कर्ष बन्दशत्रमा प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘भ्रष्ट’ ठहरिएका कमान्डरसमेत बन्दशत्रमारेग्मीले मजदुर नेता शालिकराम जमरकट्टेलमाथि खुकुरी प्रहार गरी हत्या प्रयास गर्ने पन्त महाधिवेशनमा भाग लिइरहेको र सरकारको संरक्षणमा अहिलेसम्म पक्राउ नपरेकोमा आपत्ति जनाए । उनलाई महाधिवेशनबाट तत्काल बाहिर निकालेर पक्राउ नगरिए आफैले समात्ने रेग्मीले बन्दशत्रमा बताए । रेग्मीले ९ नम्बर समूहको निश्कर्ष बन्दशत्रमा प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।
गत साउनमा भृकुटीमण्डप
बैठकमा भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएका जनमुक्ति सेनाका
कमान्डरहरु छानविन प्रतिवेदनमाथि टुंगो नलाग्दै महाधिवेशनको बन्दशत्रमा भाग
लिइरहेको भन्दै केही सहभागीले समूहगत छलफलमा प्रश्न उठाएका छन् । छानविन
नै नटुंगी यिनीहरुको कारवाही कहिले फुकुवा भयो र बन्दशत्रमा प्रवेश गरे
भन्दै लडाकू प्रतिनिधिहरुले प्रश्न उठाएको एक प्रतिनिधिले अनलाइनखबरसँग भने
।
भ्रष्टाचारसम्बन्धी छानविनमा सजिलो होस्
भन्दै साउनमा राजीनामा दिने १२ कमान्डरहरुमा दोस्रो डिभिजन सिन्धुलीका
सुकबहादुर रोका (राजेश) लगायत थिए । उनीहरुमाथि लागेको भ्रष्टाचारको
आरोपबारे पार्टीले टुंगो नलगाउँदै कारवाही फुकुवाको कुनै जानकारी विनै
महाधिवेशनमा सहभागी गराइएको हो । विगतमा पनि राजीनामा दिएको भन्दै उनीहरुले
विस्तारित बैठकमा भाग लिएका थिए ।
सागर आफ्नै विरोधमा बोले
त्यसैगरी ६ नम्बर समूहका नेता
चन्द्रबहादुर थापा (सागर)ले आफ्नैविरुद्ध परेको फरक मत हलमा प्रस्तुत गरेका
छन् । थापाको समूहमा परेका अर्का वाइसिएल नेता रामप्रसाद सापकोटा
(दीपशिखा)ले सागरलाई एनजिओ चलाएको आरोप लगाएका थिए । ‘बेरोजगार युवा संघ’
खोलेर थापाले वाइसिएललाई एनजीओकरण गरेको भन्दै सापकोटाले सोमबार भएको
समुहगत छलफलमा फरक मत जनाएपछि मंगलबार थापाले सापकोटाको भिन्न मत हललाई
सुनाएका हुन् ।
विगतमा विप्लवले जनस्वयंसेवक दस्ता बनाएर
वाइसिएललाई बाइपास गरेजस्तै थापाले बेरोजगार संघ बनाएर वाइसिएललाई बाइपास
गरेको थापाले ६ नम्बर समूहको प्रस्तुतीमा बताएका थिए ।
No comments:
Post a Comment