Saturday, February 16, 2013

गजल

मरेको त छैन अझैँ, जिउदैछु अलि अलि ।
अतित् भुल्न नसकेर, पिउदैछु
अलि अलि ।।
नशा भित्र डुब्दै जादा, बेहोशीमै ढलेपछि
फाटेको यो आत्मालाई, सिउदैछु
अलि अलि ।।
एक मुठी श्वास फेर्दै बाच्ने
झिनो आशा बोकि,
खडेरीमा आफ्नै ज्यान, खिउदैछु
अलि अलि ।।
हर पल रुदा रुदा आशुँ पनि रित्तिसके,
खोजेर नै केहिँ हाँसो, लिउदैछु
अलि अलि ।।

Tuesday, February 5, 2013

बाँदरलाई बाली कुर्न दिएर गल्ती भो : ओली

२३ माघ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकीकृत माओवादीलाई लोकतन्त्रको जिम्मा दिएर कांग्रेस-एमालेले पनि गल्ती गरेको बताउनुभएको छ । सरकार बिरुद्ध आन्दोलनको क्रममा मंगलबार कैलालीको धनगढीमा भएको आमसभालाई सम्बोधन गर्दै ओलीले एमाओवादीबाट लोकतन्त्रको रक्षा हुनै नसक्ने बताउनुभयो ।
‘माओवादीले लोकतन्त्रको रक्षा गर्नु भनेको बाँदरले बाली जोगाउनुजस्तै हो’ ओलीले व्यंग्य गर्दै भन्नुभयो-’बाँदरलाई बाली कुर्ने जिम्मा दिएर कांग्रेस-एमालेबाट पनि गल्ती भयो ।’ सम्बोधनको अधिकाँश समय माओवादीको बिरोध गरेका ओलीले उसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने दावी गर्नुभयो । ओलीले सडक आन्दोलनको बलबाटै सरकार ढाल्ने पनि बताउनुभयो ।
एमाओवादीको जारी महाधिवेशनले सहमतिको कुनै सूत्र ल्याउन नसक्ने ओलीले दावी गर्नुभयो । ‘नेतृत्व उही हुने हो, सरकारमा उसैगरी हालीमुहाली गर्न खोज्ने हो’ ओलीले भन्नुभयो-’पछाडि बस्ने कुर्सी, अगाडि खाने थाल, अघिपछि जताबाट पनि फाइदा खोज्नेहरुबाट सहमतिको के आशा गर्ने ?’ माओवादीले भनेको उत्पादनको नीति मोहन बैद्यसित दोहोरी खेल्नु बाहेक अरु केही नभएको ओलीले टिप्पणी गर्नुभयो । ‘बिद्रोह भनिरहेको नेकपा-माओवादीलाई टक्कर दिन ल्याएको गफ मात्रै हो, अरु केही होइन’ ओलीले भन्नुभयो ।
सभालाई सम्बोधन गर्दै कांग्रेस नेता डा. रामशरण महतले पनि एमाओवादीको उत्पादन नीति गफ मात्रै भएको टिप्पणी गर्नुभयो । ‘उद्योगधन्दा तहसनहस बनाउने र खेतीयोग्य जमीन कब्जा गर्नेहरुले कसरी उत्पादन गर्न सक्छन्’ महतले आरोप लगाउँदै भन्नुभयो-’उत्पादन भनेको मात्रै हो, केही हुँदैन ।’ उहाँले देशलाई यो अवस्थामा ल्याउन माओवादी दोषी भएको भन्दै वर्तमान सरकार नहटाउँदासम्म मुलुकले निकास नपाउने दावी गर्नुभयो ।
वर्षाका कारण आमसभा ढिलो गरी शुरु भएको थियो । सभाअघि धनगढीका बिभिन्न ठाउँबाट जुलुस प्रदर्शन गरिएको थियो । एकीकृत माओवादी नेतृत्वको वर्तमान सरकार सहमतिको बाधक भन्दै विपक्षी दलहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सडक आन्दोलनकै बलमा वर्तमान सरकार ढालेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने दावी गर्दै आएका छन् ।

छोरीले शुरु गरिन् प्रचण्डको दस्ताबेजमा छलफल

२३ माघ, हेटौंडा। एमाओवादीको महाधिवेशनमा प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहका नेताहरुले आफ्नो समूहको निश्कर्ष प्रस्तुत गर्ने क्रम मंगलबार बिहानबाट शुरु भएको छ । बिहानको खाना खाने बेलासम्म १४ जनाले आफ्नो समूहको धारणा राखेका छन् ।
यसलाई संयोग नै मान्नुपर्छ, प्रचण्डको प्रतिवेदनमाथि मत राख्ने पहिलो व्यक्ति आफ्नै छोरी रेणु दहाल पर्नुभएको छ । रेणु एक नम्बर समूहको नेतृ भएकाले उहाँले सबैभन्दा पहिले आफ्नो समूहको धारणा राख्नुभएको हो । उहाँपछि समूहगतरुपमा क्रमश जनक बूढा, रमेश मल्ल, त्रिलोचन भट्ट, डीपी ढकाल, चन्द्रबहादुर थापा (सागर), बाबुराम गौतम, उषा देवकोटा, गणेश रेग्मी, श्यामकुमार श्रेष्ठ(कुशल), वीरबहादुर कुँवर, उज्वल, नरबहादुर विष्ट र टेकबहादुर रावलले आफ्नो धारणा राखेका छन् ।
प्रतिनिधिहरुले धारणा राख्ने क्रममै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले करिब ४० मीनेट समय लिएर आफ्नो मौखिक विचार राख्नुभएको थियो । १४ जना समूह नेताले बोलेपछि खाना खान दुईघण्टा बैठक स्थगनको घोषणा गरिएको छ ।
पन्तलाई ‘अपराधी’ भन्दै पक्रन माग
बन्दशत्रमा सहभागी प्रतिनिधि रमेश पन्तलाई ‘अपराधी’ भन्दै अर्का प्रतिनिधि गणेश रेग्मीले उनलाई हलभित्रैबाट पक्राउ नगरिए आफैंले पक्राउ गर्ने बताएका छन् ।
रेग्मीले मजदुर नेता शालिकराम जमरकट्टेलमाथि खुकुरी प्रहार गरी हत्या प्रयास गर्ने पन्त महाधिवेशनमा भाग लिइरहेको र सरकारको संरक्षणमा अहिलेसम्म पक्राउ नपरेकोमा आपत्ति जनाए । उनलाई महाधिवेशनबाट तत्काल बाहिर निकालेर पक्राउ नगरिए आफैले समात्ने रेग्मीले बन्दशत्रमा बताए । रेग्मीले ९ नम्बर समूहको निश्कर्ष बन्दशत्रमा प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘भ्रष्ट’ ठहरिएका कमान्डरसमेत बन्दशत्रमा
गत साउनमा भृकुटीमण्डप बैठकमा भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएका जनमुक्ति सेनाका कमान्डरहरु छानविन प्रतिवेदनमाथि टुंगो नलाग्दै महाधिवेशनको बन्दशत्रमा भाग लिइरहेको भन्दै केही सहभागीले समूहगत छलफलमा प्रश्न उठाएका छन् । छानविन नै नटुंगी यिनीहरुको कारवाही कहिले फुकुवा भयो र बन्दशत्रमा प्रवेश गरे भन्दै लडाकू प्रतिनिधिहरुले प्रश्न उठाएको एक प्रतिनिधिले अनलाइनखबरसँग भने ।
भ्रष्टाचारसम्बन्धी छानविनमा सजिलो होस् भन्दै साउनमा राजीनामा दिने १२ कमान्डरहरुमा दोस्रो डिभिजन सिन्धुलीका सुकबहादुर रोका (राजेश) लगायत थिए । उनीहरुमाथि लागेको भ्रष्टाचारको आरोपबारे पार्टीले टुंगो नलगाउँदै कारवाही फुकुवाको कुनै जानकारी विनै महाधिवेशनमा सहभागी गराइएको हो । विगतमा पनि राजीनामा दिएको भन्दै उनीहरुले विस्तारित बैठकमा भाग लिएका थिए ।
सागर आफ्नै विरोधमा बोले
त्यसैगरी ६ नम्बर समूहका नेता चन्द्रबहादुर थापा (सागर)ले आफ्नैविरुद्ध परेको फरक मत हलमा प्रस्तुत गरेका छन् । थापाको समूहमा परेका अर्का वाइसिएल नेता रामप्रसाद सापकोटा (दीपशिखा)ले सागरलाई एनजिओ चलाएको आरोप लगाएका थिए । ‘बेरोजगार युवा संघ’ खोलेर थापाले वाइसिएललाई एनजीओकरण गरेको भन्दै सापकोटाले सोमबार भएको समुहगत छलफलमा फरक मत जनाएपछि मंगलबार थापाले सापकोटाको भिन्न मत हललाई सुनाएका हुन् ।
विगतमा विप्लवले जनस्वयंसेवक दस्ता बनाएर वाइसिएललाई बाइपास गरेजस्तै थापाले बेरोजगार संघ बनाएर वाइसिएललाई बाइपास गरेको थापाले ६ नम्बर समूहको प्रस्तुतीमा बताएका थिए ।

Monday, February 4, 2013

सिर्जना

जब पिरोल्छन् चोटहरुले,तब आउँछ तिम्रो सम्झना
जब छिचोल्छन् खोटहरुले,तब आउँछ तिम्रो सम्झना
मिलनका ती क्षणहरू,पीरतीको भाकासँगै
जब सुसेल्छन् ओठहरुले, तब आउँछ तिम्रो सम्झना....!!!!

टाइ र शूटमा कुकुर ढाँटिएपछि… ::


टाइ र शूटमा कुकुर ढाँटिएपछि… :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

महाधिवेशनमा ३ नेताको फरक मत, ६१ टोली निर्माण :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

महाधिवेशनमा ३ नेताको फरक मत, ६१ टोली निर्माण :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview